बाग्लुङका कोरोना संक्रमितको पोखरामा मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित




कार्तिक १३ पोखरा । कोरोना संक्रमणका कारण बागलुङका एक कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोरोना अस्पतालमा उपचाररत बाग्लुङका ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
गत कार्तिक ८ गते कोरोना संक्रमण भएका बागलुङ गलकोट नगरपालिका ३ क ती पुरुषको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रध्यापक अर्जुन आचार्यले जानकारी दिए ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
यस अघि आजनै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा १३ की ३६ वर्षीया महिला
चरक मेमोरियल हस्पिटलमा उपचाररत पर्वत कुश्मा ६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।