पोखरामा फेरि एक कोरोना संक्रमितको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

कार्तिक १३ पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड –१९ उपचार केन्द्रमा गएराति ११ बजे पोखरा महानगरपालिका–१३ की ३६ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

गत कार्तिक ५ गते कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको कोभिड –१९ उपचार केन्द्रको आईसियूमा भर्ना भएकी उनमा कोरोना सहित निमोनिया लगायतका समस्या रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनीसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या २० पुगेको छ । गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

कास्कीमा यसअघि कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।