पोखरामा उपचाररत थप एक संक्रमितको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित




कार्तिक १३ पोखरा । पोखरामा उपचारत अर्का एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

पोखराको चरक मेमोरियल अस्पतालमा उपचारत पर्वतको कुस्मा–६ का वर्ष ५५ का पुरुषको आज बिहान संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निमोनिया, उच्च रक्तचाप र स्वासप्रस्वासमा समस्याबाट पिडित भएका उनमा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड –१९ उपचार केन्द्रमा गएराति ११ बजे पोखरा महानगरपालिका–१३ की ३६ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।