पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ शुरु गरिएको आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।
बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी महाअभियानमा पछिल्लो पटक कास्की समाज क्यानाडाबाट रु १ लाख १ हजार ५५ प्राप्त भएको छ । समाजले अक्सिजन प्लान्टका अलावा हरिहर सन्यास आश्रम पोखरा(२० भलामलाई रु १ लाख , बात्स्यायान बृद्दाश्रम पोखरा १४ लाई रु १ लाख परोपकारी संस्था पोखरा १५ लाई पनि रु ५० हजार सहयोग गरेको अध्यक्ष रमेश खत्रीले बताए ।
कास्की समाज क्यानाडाका संस्थापक संयोजक संचारकर्मि बसन्त कार्कीले कोरोना महामारीको बेला गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा आफ्नै अक्सिजन प्लान्टको अभाबमा कोरोना संक्रमितले ज्यान गुमाउनु परेको दुखद खबर सुने पछि होस्टेमा हैसे गर्नका लागि समाजले अर्थ संकलन शुरु गरेको जानकारी दिए । ‘सहयोग रकम थोरै भए पनि मन ठुलो रहेको र आउने दिन आवश्यकता अनुसार सहयोग जारी रहने छ’”समाजका अर्का क्रियाशिल सदस्य गोपाल श्रेष्ठले बाचा गरे ।
बतास फाउण्डेसनको ग्लोबल आईएमई बैंक पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बतास फाउण्डेसनका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्दराज बतासले जानकारी दिए । समितिले रकम कनेक्ट आईपिएस, क्यूआर कोड वा मोबाइल बैंक ट्रान्सफर र चेक मार्फत बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।
समितिले आईसियू स्थापनाका लागि सञ्चालित अभियानमा सहभागि मध्ये ५० हजार भन्दा बढी दान गर्ने दाताहरुको नाम शिलालेखमा राखिने र सार्वजनिक सञ्चारमाध्यममार्फत उच्च सम्मानका साथ नाम सार्वजनिक गरिने अभियानका प्रबक्ता नारायण पौडेलले जानकारी दिए । फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर खरिद प्रक्रिया अगाडि बढिसकेको छ । परिश्थिति अनुकुल रहे अबको ३ हप्ता भित्रमा प्लान्ट आइपुग्ने अभियानका अध्यक्ष बतासले आशा गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







