फाइल तस्बीर
भारतमा कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्यामा कमी आउन थालेको छ ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा १ हजार ७ सय ९० जना कम संक्रमित थपिएका छन् ।
भारतमा अघिल्लो दिन १ लाख ३४ हजार १ सय ५४ जना संक्रमित थपिएकामा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ३ सय ६४ जना नयाँ संक्रमित थपिएका हुन्।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कूल २ करोड ८४ लाख ४१ हजार ९ सय ८६ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ।
सक्रिय संक्रमितको संख्यामा पनि अहिले कमी हुदै गएको छ। अहिले भारतमा २ लाखभन्दा कम मात्रै सक्रिय संक्रमितहरु रहेको जनाइएको छ। भारतमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ लाख ४० हजार ७ सय २ जनाको मृत्यु भएको छ। तीमध्ये २ हजार ७ सय १३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा कूल ३५ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ। बिहीबार एकै दिन २० लाख ७५ हजार नमुनाको परीक्षण गरिएको परिषदको भनाई छ। यसैबीच, भारतको स्वास्थ्य मन्त्रालयले देशभर २२ करोड ४१ लाख डोज खोप लगाइएको जनाएको छ। जसमा एक डोज र दुई डोज लगाएका व्यक्ति सामेल छन्।
एएनआई
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







