तस्बीरः गुगलबाट
श्रीलंकामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र हावा हुरीका कारण कम्तीमा पनि ४ जनाको ज्यान गएको छ।
साथै, सो हुरीमा परी ७ जना नागरिक हराइरहेका छन्। श्रीलंकाको मौसम विभागले नागरिकहरुलाई त्यहाँ सुरक्षित रहन सूचना जारी गरेको छ। वर्षा र हुरी अरु केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न सो सूचनामा भनिएको छ।
शनिबार यहाँको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार यहाँका कम्तीमा ५ हजार जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने त्यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ।
श्रीलंकाका प्राय सबै जिल्ला वर्षा र हुरीबाट प्रभावित बनेका छन्। शनिबार बिहानसम्ममा यहाँका १ लाख ७८ हजार जना नागरिक नराम्ररी प्रभावित भएका छन्। हुरी र वर्षाका कारण यहाँका कम्तीमा पनि ६५ ओटा घर भत्किएका छन् भने अरु भौतिक संरचनाहरुमा पनि ठूलो क्षति पुगेको छ।
त्यहाँका कैयौँ जिल्लामा बाढी आएको छ। बाढीले गर्दा उद्धारका लागि यातायातका साधनहरु लैजान पनि समस्या भएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।
सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







