सांकेतिक तस्बिर
इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
सरकारले गत बुधबार गरेको निर्णयअनुसार इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान गरेको हो।
इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि सुरु गरिएको थियो। पहिलो चरणमा मेडिकल स्टाफ, ६५ वर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो। त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ। १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो।
इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन्। यो संख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो।
सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







