तस्बीरः एजेन्सी
बेलायतका राजकुमार ह्यारी र मेघनलाई पुत्री लाभ भएको छ।
राजपरिवार छोडेर अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका ड्युक र डचेज अफ ससेक्सले आफ्नो दोस्रो बच्चा छोरीको जन्म भएको जानकारी दिएका छन्।
उनीहरुले आफ्नो छोरी लिलीबेट ‘लिली डायना माउन्टबेटन विन्डसर’को जन्म अमेरिकाको क्यालिफोर्नियास्थित सेन्ट बार्बरा अस्पतालमा भएको जानकारी दिएका हुन्।
ह्यारी र मेघनले जारी गरेको विज्ञप्तिमा बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको उल्लेख गरिएको छ।
दुवैले छोरीको नाम ‘लिलीबेट’ राजपरिवारकी महारानी तथा जिजु हजुरआमाको निकनेमको आधारमा राखेको तथा बिचको नाम हजुरआमा डायनाको सम्मानमा राखेको बताएका छन्। यसअघि २०१९ मा ह्यारी र मेघनले छोरा आर्चीलाई जन्म दिएका थिए।
एजेन्सीहरु
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







