फाइल तस्बीर
भारतमा आइतबार १ लाख ६ सय ३६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखा परेको छ ।
कोरोना संक्रमितको यो संख्या ६१ दिनयताको सबैभन्दा कम हो। हाल भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९० लाख १० हजार ६ सय ११ पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ।
त्यसैगरी, भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआएपनि केही दिन यता यस प्रकोपको कारण ज्यान गुमाउने संख्या पनि केही कम भने भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।
भारतमा गत २४ घण्टामा २ हजार ४ सय २७ जनाको मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १ सय ८६ पुगेको छ। गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३ सय ९९ जना संक्रमित कोरोना मुक्त भएका छन्। यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६ सय ९ जना कोरोना मुक्त भएका छन्।
हाल, त्यहाँ १४ लाख १ हजार ६ सय ९ जना सक्रिय संक्रमित छन्। भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १ सय ११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ।
सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







