तस्बीरः एजेन्सी
पाकिस्तानको सिन्ध प्रान्तस्थित डहरकीमा २ वटा रेल एक–आपसमा ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।
कयौं यात्रुहरू घाइते छन्। सोमबार बिहान सैयद र मिल्लत एक्सप्रेस एक–आपसमा जुधेका थिए।
इञ्जिनसमेत ३ डिब्बा रहेको सैयद एक्सप्रेस रावलपिण्डीबाट कराचीतर्फ र मिल्लत एक्सप्रेस कराचीबाट सरगोधातर्फ जाँदै गर्दा एक–आपसमा जुधेका हुन्।
गम्भीर घाइतेहरूको संख्या धेरै रहेकाले मानवीय हताहती बढ्नसक्ने चिकित्सकहरूलाई उद्धृत गर्दै त्यहाँको संचारमाध्यमहरूले जनाएका छन्।
रेडियो पाकिस्तानका अनुसार घाइते यात्रीहरूलाई अहिले अस्पतालमा लगिएको छ र डिब्बामै फसिरहेका यात्रुहरूलाई जोगाउन उद्धारकर्ताहरूले अभियान थालेका छन्।
मिल्लत एक्सप्रेसको आठ र सैदय एक्सप्रेसको इञ्जिनसमेत ३ वटा डिब्बा रेलको लिकबाट उछिट्टिएको खबर छ।
श्रोतः पाकिस्तानी संचारमाध्यमहरु
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







