ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ।

कोभिडबाट त्यहाँ एकै दिनमा २ हजारभन्दा बढीको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार त्यहाँ मंगलबार मात्र २ हजार ३ सय ७८ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो। अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट १ हजार जनाको मात्र ज्यान गएको थियो। तर, त्यसको २४ घन्टापछि मंगलबार मात्र त्यहाँका २ हजार ३ सय ७८ जना संक्रमितको यस कोरोनाको संक्रमणबाट ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७६ हजार ७ सयभन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी, मंगलबार मात्र त्यस अघिको २४ घण्टामा ब्राजिलमा करिब ५३ हजार जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि जानकारी दिइएको छ।

अघिल्लो दिनमात्र अर्थात् सोमबार त्यहाँका करिब ३७ हजार जनामा मात्र संक्रमण देखिएकोमा त्यसमा बृद्धि भएको पनि बताइएको छ। यो संख्या सँगै ब्राजिलमा कूल संक्रमितको संख्या त्यहाँका १ करोड ७० लाख ३७ हजारभन्दा बढी पुगेको पनि त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।

ब्राजिलमा पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको बताइएपनि पछिल्ला दिनमा आएर मृत्युको संख्या झनै बढेको देखिएको अधिकारीहरुले जनाएका छन्। ब्राजिलको साओ पाओलो शहरमा शुरुदेखि कोरोना संक्रमण बढी मात्रामा हुदै आएको छ। अमेरिकापछि सबैभन्दा बढी ब्राजिलका मानिसको कोरोना महामारीबाट ज्यान गएको छ।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।