कांग्रेस नेता लामा जरिवाना तिरेर छुटे


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




पोखरा । बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा सहितका ३ जना शुक्रबार जरिवाना तिरेर छुटेका छन् ।

निषेधाज्ञाका उल्लंघनको आरोपमा पोखराको लेकसाइडबाट पक्राउ परेका लामासहितका ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।