तस्बीर: एजेन्सी
पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ।
घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ। सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दारतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ। यसै साताको सुरुमा पाकिस्तानको सिन्धमा २ वटा रेल जुधेर दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको थियो भने सयौं व्यक्ति घाइते भएका थिए।
एएनआई
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







