रुसमा कोरोना भाइरसका संक्रमित बढ्न थाल्यो


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका बताइएको छ।

रुसमा शनिबार मात्रै १३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। रुसमा गएको २४ घण्टामा यति धेरै संक्रमित भेटिएका हुन्।

यससँगै रुसमा संक्रमितको संख्या करिब ५२ लाख पुगेको बताइएको छ। रुसका अधिकारीहरुले ४ महिनापछि यति धेरै संक्रमित एकैदिन भेटिएका जनाएका छन्। रुसका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गएको बताएका छन्।

ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना संक्रमित थपिएका र ती संक्रमितहरु गएको फेबु्रअरी महिनाको २ तारिखपछि अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि बताइएको छ।

त्यहाँ गर्मीयामको सुरुवातामा मानिसहरु ठूलो संख्यमा जम्मा हुन थालेको र त्यसका कारण पछिल्लो समयमा कोरोनाका संक्रमितहरु पनि बढ्न थालेको पाइएको अधिकारीहरुले जनाएका छन्।

त्यहाँ कोरोनाभाइरसका कारण १ लाख २६ हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्र त्यहाँका कम्तीमा ३ सय ९९ जनाको ज्यान गएको बताइएको छ। त्यहाँका अधिकारीहरुले रुसमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको पनि बताएका छन्।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।