तस्बीरः एजेन्सी
इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकालपछि बाहिरिदैँ छन्।
दक्षिणपन्थी नेता नाफ्टाली बेनेटले हिजो संसदमा ६० मत पाएपछि नेतान्याहूको १२ वर्षे शासनकालबाट बाहिरिएका हुन्। योसँगै उनी प्रधानमन्त्री पदबाट मुक्त भएका छन्।
उनले नयाँ गठबन्धनको सरकारलाई सत्ता हस्तान्तरण गरेका छन्। नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न ८ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिना पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म इजरायलको प्रधानमन्त्री बन्नेछन्।
त्यसपछिको २ वर्षका लागि यायर लेपिड प्रधानमन्त्री बन्नेछन्। इजरायलमा बनेको नयाँ सरकारसँग विपक्षी गठबन्धनभन्दा केवल एक सिटमात्रै बढी छ।
नयाँ सरकारमा पहिलो पटक सहभागी भएको एउटा दलले २१ प्रतिशत अरब अल्पसंख्यकको प्रतिनिधित्व गर्दछ।
इजरायलमा नयाँ सरकार बनेपछि पछिल्लो २ वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास लिइएको छ।
नेतेन्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेतामा पर्दछन्। नेतान्याहूले नयाँ सरकारलाई धोकाघडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिएका छन्। उनले छिटै नै नयाँ सरकार ढालिदिने चेतावनी समेत दिएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







