लोक गायक विष्ण खत्रीको ‘सँगैका साथी’ सार्वजनिक


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित




पोखरा । लोक तथा दोहोरी गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । विष्णु खत्री युट्युब च्यानलबाट बजारमा ल्याइएको गीतमा गायक खत्रीलाई जुना श्रीष मगरले स्वरमा साथ दिएकी छन् ।

आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज तथा प्रतिक्रिया पाइरहेको छ । उक्त गीतमा लय, शब्द खत्री स्वयम आफैँले गरेका छन् ।

लकडाउनको समयलाई उपयोग गर्दै मौलिक लोकगीत बजारमा ल्याएको बताउँदै उनले गीतले दर्शक श्रोताले रुचाउनेमा आफू आशावादी रहेको बताए ।

गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ । सालैजो गीत भएकाले भिडियोमा धेरैलाई देखाइएको छ । कृष्ण विकको सङ्गीत संयोजन रहेको गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । भिडियो निर्देशन होम गरुङले गरेका छन् ।

भिडियोमा गायक गायक खत्रीले आफ्नै जन्मस्थल बाग्लुङको गलकोटमा छायाङ्कन गराएका छन् । गीतमा बाग्लुङको चर्चित चैतेदशै मेला, समाजिक विषयवस्तु लगायतका प्रशंग उल्लेख गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।