तस्बीरः गुगलबाट
चीनले हालमा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ।
राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ।
आयोगका अनुसार पछिल्लो ५ दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ। गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान संचालन गरेको थियो।
पहिलो चरणमा २५ दिनको अवधिमा १० करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो। तर, खोप अभियान अझ तिब्र बनाएसँगै ६ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो।
चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरू क्लिनिकल परीक्षणमा छन्। त्यसमध्ये ४ किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने ३ किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ।
चीनमा संचालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ। तर, ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ। आयोगका उपप्रमुख जेङ इक्सीनले यसै वर्षको अन्त्यसम्ममा कम्तीमा ७० प्रतिशत लक्षित जनसंख्यालाई खोप दिइसक्ने बताएका छन्।
उनले खोपका कारण हालसम्म कुनैपनि समस्या नदेखिएको बताउँदै चिनियाँ खोप सुरक्षित रहेको प्रमाणित भइसकेको दाबी गरेका छन्। कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिमा देखिएका सामान्य लक्षणहरु अन्य नियमित खोपमा झैं सामान्य रहेको पनि उनले बताएका छन्।
सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







