तस्बीरः गुगलबाट
ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ।
यो आँकडा विश्वकै दोस्रो हो। सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै त्यहाँ स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्।
राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ। फियोक्रुज नामक स्वास्थ्य संस्थाका अनुसार हालसम्म १५ प्रतिशत वयस्कहरुले मात्र पूर्ण मात्रामा खोप लगाएका छन्।
कँग्रेसले महामारीलाई नियन्त्रण गर्न सरकारले चालेको कदमबारे अनुसन्धान गरिरहेको छ। संगठितरुपमा राष्ट्रिय अभियान लागू नगरेको, खोपप्रति सन्देह देखाएको, लकडाउन र मास्क
लगाउनुपर्ने नियमलाई बेवास्ता गरेकोमा राष्ट्रपति बोल्सोनारोको त्यहाँ आलोचना हुँदै आएको छ।
विपक्षीले उनीमाथि राजनीतिक स्वार्थका लागि खोप खरिदमा ढिलाइ गरेको र महामारीको गंभीरतालाई बेवास्ता गरेको आरोप लगाउँदै आएका छन्।
ब्राजिलमा ‘गामा’ नामक कोरोनाभाइरसको निकै संक्रामक भेरियन्ट सक्रिय रहेको छ। पछिल्लो एक हप्तामा ब्राजिलमा दैनिक ७० हजार बढी संक्रमित फेला परिरहेका छन्। प्रत्येक राज्यमा आइसीयूमा ८० प्रतिशत वा सोभन्दा बढी बिरामीहरुले भरिएका छन्। ब्राजिलमा १ करोड ७८ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







