तस्बीरः गुगलबाट
इरानको नयाँ राष्ट्रपतिमा पश्चिमा मुुलुकप्रति कट्टर आलोचक मानिएका इब्राहिम रईसी निर्वाचित भएका छन्।
उनी इरानी धर्मगुरु आयोतल्ला अल खामेनी निकट मानिन्छन्। कट्टर विचारका पक्षपाति मानिने रईसी इरानी पूर्वन्यायाधीश समेत हुन्। उनलाई पश्चिमा मुलुकहरुले थुप्रै मानवअधिकार उल्लंघनका घटनामा जिम्मेवार मानेका छन्।
४८.८ प्रतिशत मत खसेको निर्वाचनमा ६० वर्षिय रईसीले १८ मिलियन मत प्राप्त गरेका थिए। तर, उदार विचारका समर्थक इरानीले चुनावमा भाग लिन अस्वीकार गरेको जनाइएको छ। सन् १९७९ मा गणतन्त्र राज्य स्थापना भएपछि इरानमा खसेको यो अहिलेसम्मकै न्यून मत भएको सीएनएनले जनाएको छ। खामेनीलाई बढीभन्दा बढी नागरिकलाई मत खसाल्न आग्रह गरेपनि धेरै इरानीले मतदानमा रुचि देखाएनन्।
कम मत खस्दा दुस्मनहरुको दबाब पनि बढी हुने खामेनीले बताएका थिए। इरानको आठौं राष्ट्रपतिको रुपमा रईसीले ४५ दिनपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्। नयाँ राष्ट्रपतिका लागि कोभिड–१९ को कारण थिलोथिलो परेको अर्थतन्त्र उकास्ने चुनौति छ। सन् २०१५ मा अमेरिकासँग भएको आणविक सन्धिलाई पनि ब्युँताउनुपर्ने दबाब इरानमाथि छ।
नयाँ इरानी राष्ट्रपति विश्वकै लागि खतरा: इजरायल
इजरायलले इरानको राष्ट्रपतिमा रईसी निर्वाचित भएको घटनालाई विश्वले गंभीरताका साथ लिनुपर्ने बताएको छ। इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हैअतले रईसीलाई अहिलेसम्मकै कट्टर इरानी राष्ट्रपति भएको बताएका छन्।
इजरायलले रईसीले आणविक गतिविधि बढाउन सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाइ दिँदै परम्परागत रुपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्धलाई स्मरण गरेका छन्। प्यालेस्टिनी लडाकु समूह हमासका प्रवक्ताले इरानको प्रगति र समृद्धिको कामना गरेका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







