बेल्जियममा निर्माणाधीन विद्यालय भवन भत्किँदा ५ को मृत्यु


     एभरेस्ट आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित




बेल्जियममा आइतबार निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ।

आन्ट्वर्प शहरमा निर्माणाधीन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरहरुको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।

दुर्घटनामा परेर घाइते भएका ९ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो।

यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ।
श्रोतःएजेन्सीहरु


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।