तस्बीरः एजेन्सी
जर्मन चान्सलर एन्जेला मर्केलले मोर्डना कम्पनीले विकास गरेको कोभिडजाब खोप लगाएकी छिन्। यसअघि मर्केलले अस्ट्राजेनिकाको खोप लगाएकी थिइन्।
उनले बिहीबार कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएको उनका प्रवक्ताले जानकारी दिएका छन्।
६६ वर्षीय मर्केलले पहिलो खोप अप्रिल १३ मा लगाएकी थिइन्। जर्मन अधिकारीहरूले २ सातापछि ६० वर्षभन्दा माथि उमेर समूहकाले खोप लगाउन सक्ने जनाएको थिए।
कोभिडविरुद्धको पहिलो डोज खोप जुन कम्पनीको लगाएको छ दोस्रो खोप पनि त्यहीँ कम्पनीको लगाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। तर, मर्केलले भने पहिलो खोप अष्ट्राजेनिकाको लगाएकी थिइन र दोस्रो डोजो खोप मोर्डनाको लगाएकी छन्।
एएफपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







