तस्बीरः एजेन्सी
चीनले नयाँ अन्तरिक्ष स्टेसनको भिडियो फुटेज सार्वजनिक गरेको छ।
चीनको नयाँ अन्तरिक्ष स्टेशनमा उत्रिएका ३ यात्री निए हुइशेंग, लिउ बोमिङ र ताङ होंगबोलसहितको भिडियो फुटेज सार्वजनिक गरिएको हो।
अन्तरिक्ष यात्रीहरूले चिनियाँ राष्ट्रपति सी जीनपिङसँग कुराकानी समेत गरेका छन्। ५ मिनेटको कुराकानीमा राष्ट्रपति सीले अन्तरिक्ष यात्रीहरूलाई हौसला दिँदै धन्यवाद व्यक्त गरेका छन्।
सीले अन्तरिक्ष यात्रीहरूलाई भनेका छन्, ‘तपाईंहरुले ३ महिना अन्तरिक्षमा बिताउनुहुनेछ र तपाईहरुले त्यहाँ गरिरहनुभएको काम र तपाईंहरुको जीवन चिनियाँहरूको हृदयमा हुनेछ।’
उनले थपेका छन्, ‘तपाईंले ती मानिसहरुको प्रतिनिधित्व गर्नुहुन्छ, जसले नयाँ युगमा चिनियाँ अन्तरिक्ष उद्योगको उन्नती गर्न चाहान्छन्। मलाई आशा छ कि तपाईंहरु सँगै मिलेर काम गर्नुहुनेछ र अन्तरिक्षमा तपाईंका सबै कामहरु पूर्ण हुनेछन्।’
राष्ट्रपति सीले अन्तरिक्षमा स्पेश स्टेशन निर्माण गर्नु चीनको अन्तरिक्ष उद्योगका लागि माइलस्टोन साबित हुने बताएका छन्। उनले यो यात्राले मानवताका लागि शान्तिको सन्देश दिन सहयोग गर्ने समेत बताए। भिडियोमा ३ जना नै अन्तरिक्ष यात्रीहरु खानाको डिब्बासँगै सुतिरहेको देख्न सकिन्थ्यो।
यो भिडियो चीनले निर्माण गरेको नयाँ तेयान्हे स्पेश स्टेशनको हो, जहाँ ३ यात्रीहरूका २४ घण्टाका गतिविधि नियाल्न सकिन्छ। त्यहाँ उनीहरु अब ३ महिनासम्म रहनेछन्। ३ महिनासम्म उनीहरुले पृथ्वीमा रहेको स्टेशनमा दैनिक अपडेट गर्नेछन्। उनीहरुको काम बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म चल्नेछ। चीनले पछिल्लो ५ वर्षयता सुरु गरेको यो पहिलो मानवसहितको अन्तरिक्ष अभियान हो। जुन मिसन अहिलसम्मकै सबैभन्दा लामो अन्तरिक्ष मिसन हुने विश्वास लिइएको छ।
अन्तरिक्ष यात्रीहरूसँग कुरा गर्नुअघि राष्ट्रपति सीले अन्तरिक्ष स्टेशनको कोर मोड्युल, शेन्झो १२ अन्तरिक्ष उडान र कक्षमा काम गर्दाका भिडियो लिंकहरुमार्फत अन्तरिक्ष यात्रीहरुका काम कार्वाही अवलोकन गरेका थिए। चीनले जुन १७ मा ३ अन्तरिक्ष यात्रीहरूलाई सेन्झोह १२ अन्तरिक्ष उडानमार्फत स्टेशनमा पठाएको थियो।
समाचार श्रोतः ग्लोबल टाइम्स / साउथ चाइना मर्निङ पोष्ट
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







