जम्मु कश्मीरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउँछौँ: मोदी


     एभरेस्ट आवाज    
     असार ११ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिबद्धता जनाएका छन्।

जम्मु कश्मीरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ।

प्रधानमन्त्री मोदीले जम्मु कश्मीरका सवै पक्षका नेताहरूसँगको बैठकका क्रममा आपसी सम्बन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका थिए। जम्मु कश्मीरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारेका छन्।

झण्डै साढे ३ घण्टा लामो बैठकमा जम्मु कश्मीरका १४ नेता सहभागी भएका थिए। उनीहरुका कुरालाई प्रधानमन्त्री मोदीले ध्यानपूर्वक सुनेका थिए। भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मीरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु कश्मीरका नेता र केन्द्रीय नेताका बीचमा पहिलो पटक बैठक भएको हो।

प्रधानमन्त्री मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु र कश्मीरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गरेका थिए। उनीहरुलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छ।

जम्मु र कश्मीरका नेताहरुसँगको छलफल राम्रो भएको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेको समाचारमा जनाइएको छ। जम्मु कश्मीरलाई कसरी अझ राम्रो बनाउने भन्ने बारेमा नेताहरुका बीचमा खुल्ला बहस भएकोले पनि बैठक सन्तोषजनक भएको प्रधानमन्त्री मोदीले बताएका थिए।

एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।