फिफा महिला वरीयतामा नेपालको एक स्थान सुधार


     एभरेस्ट आवाज    
     असार १२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।

फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।

नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ। अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औं स्थानमा थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ।

यस्तै, दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ। विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ। यस्तै, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा छन्।

त्यस्तै इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।