तस्बीरः एजेन्सी
कोलम्बियाका राष्ट्रपति सवार हेलिकप्टरमा बन्दुकले हमला गरिएको छ।
भेनेजुएलाको सीमा छेउ उडान भर्ने क्रममा हेलिकप्टरमाथि गोली प्रहार गरिएको हो।
हेलिकप्टरमा राष्ट्रपति इवान ड्यूक रक्षामन्त्री र आन्तरिक मामिला मन्त्रीसँग नर्टे डे सेन्टाडेर प्रान्तका लागि यात्रा गर्न लाग्दा यो आक्रमण भएको थियो।
हेलिकप्टरमा सो प्रान्तका गर्भनर पनि सवार थिए। राष्ट्रपतिका प्रवक्ताका अनुसार हमलामा सबै सकुशल रहेका छन्। राष्ट्रपति इवान ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिंसा वा आतंकी हमलाबाट नडराउने प्रतिक्रिया दिएका छन्। उनले यस्तो हमला सामना गर्न कोलम्बिया निकै शक्तिशाली रहेको जिकिर गरे। साथै उनले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन्।
स्थानीय पत्रिकाका अनुसार हेलिकप्टरमा बसेकाहरुले इन्जिनमा केही चिज ठोक्किएको आवाज सुनेका थिए। त्यतिबेला हेलिकप्टर जमिनबाट थोरै उचाईंसम्म मात्र उडेको थियो । राष्ट्रपतिमाथि हमलामा भएको क्षेत्रमा नेशनल लिब्रेसन आर्मी (ईएलएन) चरमपन्थीहरु सक्रिय रहेका छन्।
ईएलएन देशको सबैभन्दा ठूलो बिद्रोही समूह हो जसलाई कोलम्बियाको साथै अमेरिका र यूरोपेली संघले पनि चरमपन्थी समूह घोषणा गरेको छ। सन् १९६४ मा यो विद्रोही समूह गठन भएको थियो। देशमा भूमि र धनको असमान वितरणबिरुद्ध लड्न यसको उद्देश्य रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







