तस्बीरः एजेन्सी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको वरीयतामा सुधार आएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो वरीयतामा भूर्तेल ६० औँ स्थानमा तथा मल्ल ९२ औँ स्थानमा छन्। यसअघि भूर्तेल ६१ औँ तथा मल्ल ९४ औँ स्थानमा थिए।
आइसीसीले जारी गरेको वरीयतामा नेपालबाट भूर्तेल र मल्लसहित ४ खेलाडी समेटिएका छन्। वरीयतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छन्।
पछिल्लो वरीयतामा खड्का ८८ औँ स्थानमा परेका छन्। यस्तै, लामिछाने ७६ औँ स्थानमा छन्। नयाँ वरीयता अनुसार टी–२० क्रिकेटमा नेपाल १३ औँ स्थानमा रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि…






