नेपाली कांग्रेस केन्द्रीय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समिति विज्ञ टिका गुरुङको पहलमा बिहिबार पोखरा महानगरपालिका वडा नम्बर ११ मा राहत बितरण गरिएको छ ।
गुरुङले रानीपौवा फुलबारी क्षेत्रका १० बिपन्न परिवारलाई २५ के.जी. चामल,चिनी, दाल,चना,सोयाविन,नुन,तेल र चियापत्ति गरि रू ३ हजार प्रति प्याकेज बितरण गरेकी हुन् ।
राहत बितरण कार्यक्रममा ने.का.कास्की निर्बाचन क्षेत्र नम्बर २(ख) का सभापति बोधराज घिमिरे ,वडा जन प्रतिनिधि तिर्थ गुरुङ लगायतको उपश्थिति थियो ।

समाजसेवी गुरुङ रबि एण्ड रबिन सप्लायर्सका प्रोप्राइटर ,दिटिका इन्टरनेसनल गार्मेन्ट कम्पनि प्रा.लि.का अध्यक्ष ,पश्चिमान्चल अटोमोबाइल्स एसोशिएसनको सदस्य र पोखरा चेम्बर अफ कमर्स कास्कीका कार्य समिति सदस्य हुन् । कोरोना महामारीका कारण चुल्हो बल्न धौ धौ परेका र आर्थिक अवश्था कमजोर भएका बिपन्न परिवारलाई गुरुङले राहत सामग्रि बितरण तथा आर्थिक सहयोग गर्दै आएकि छिन् ।
उनले बतास फाउन्डेसनको नेतृत्व तथा एभरेस्ट एफ.एम.को संचार सहकार्यको पश्चिमान्चल हस्पिटलमा अक्सिजन प्लान्ट स्थापनार्थ अर्थ संकलन अभियानमा रु १ लाख र लायन्स क्लबको पहल तथा एभरेस्ट एफ.एम.को मिडिया पार्टनरसिपमा लेखनाथमा कोरोना डेडिकेटेड हस्पिटल निर्माणार्थ रु ५० हजार सहयोग गरेकि थिइन् ।त्यस्तै भिन्तुना युवा क्लबद्वारा संचालित निस्शुल्क खाना बितरण कार्यक्रममा रु ५ हजार,प.क्षे.अस्पतालको कोभिड-१९ उपचार केन्द्रलाई ५ थान भरि सिलिन्डर, एभरेस्ट एफ.एम.को समन्वयमा फेवातालका डुंगा चालकहरुलाई राहत बितरण कार्यक्रममा ४५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग, रोल्पाको मजदुर परिवारका मणिपाल हस्पिटलमा उपचाररत २१ दिने कोरोना संक्रमित शिशु मनित बुढामगरको उपचारका लागि लागि २० हजार , समाजसेवी हिरु पुनको समन्वयमा पोखरा-६ मालपोत फिर्के किनारमा अवश्थित २० सुकुम्बासि परिवारलाई रु ४५ हजार बराबरको खाद्यान्न सामग्रि गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि…






