पोखरा । तेर्सापट्टि बुहारी समाजले शनिबार पोखरामा राहत वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
समूहले पोखरा–३ का बिभिन्न ७ जना बिपन्न महिलालाई खाद्य सामाग्रि वितरण र गरिएको हो । कोरोना संक्रमणबाट अप्ठेरोमा परेका उनीहरुलाई आवश्यक खाद्यान्न सहयोग गरिइएको संस्थाले जनाएको छ ।
समूहले सोही कार्यक्रममा पोखराका सफल युवा महिला व्यवसायी तथा समाजसेवी गुरुङलाई नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिमा विज्ञ नियुक्त भएकोमा सम्मान गरेको छ ।
समाजसेवी गुरुङ रबि एण्ड रबिन सप्लायर्सका प्रोप्राइटर ,दि टिका इन्टरनेसनल गार्मेन्ट कम्पनि प्रा.लि.का अध्यक्ष ,पश्चिमाञ्चल अटोमोवाइल्स एसोशिएसनका सदस्य र पोखरा चेम्बर अफ कमर्स कास्कीका कार्य समिति सदस्य हुन् । गुरुङले कोरोना महामारीका कारण चुल्हो बल्न समस्यामा परेका र आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई राहत सामगि तथा आर्थिक सहयोग गर्दै आएकी छन् ।
उनले बतास फाउन्डेसनको नेतृत्व तथा एभरेस्ट एफ.एम.को सञ्चार सहकार्यमा पश्चिमान्चल हस्पिटलमा अक्सिजन प्लान्ट स्थापनार्थ अर्थ संकलन अभियानमा रु १ लाख र लायन्स क्लबको पहल तथा एभरेस्ट एफ.एम.को मिडिया पार्टनरसिपमा लेखनाथमा कोरोना डेडिकेटेड हस्पिटल निर्माणार्थ रु ५० हजार सहयोग गरेकि थिइन् ।
त्यस्तै भिन्तुना युवा क्लबद्वारा संचालित निस्शुल्क खाना बितरण कार्यक्रममा रु ५ हजार, प.क्षे.अस्पतालको कोभिड–१९ उपचार केन्द्रलाई ५ थान भरि सिलिन्डर, एभरेस्ट एफ.एम.को समन्वयमा फेवातालका डुंगा चालकहरुलाई राहत बितरण कार्यक्रममा ४५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग, रोल्पाको मजदुर परिवारका मणिपाल हस्पिटलमा उपचाररत २१ दिने कोरोना संक्रमित शिशु मनित बुढामगरको उपचारका लागि लागि २० हजार , समाजसेवी हिरु पुनको समन्वयमा पोखरा–६ मालपोत फिर्के किनारमा अवश्थित २० सुकुम्बासि परिवारलाई रु ४५ हजार बराबरको खाद्यान्न सामग्रि गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







