विम्बल्डन टेनिसः क्वार्टरफाइनलबाटै बाहिरिए फेडेरर


     एभरेस्ट आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन्।

लण्डनमा बुधबार राति भएको खेलमा पोल्याण्डका हुबर्ट हुकाजसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन्।

छैटौं वरीयताका फेडेररमाथि हुबर्टले ६–३,७–६(७–४) र ६–० को सेटमा जित निकाले। २४ वर्षीय हुबर्ट पहिलो पटक ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुगेका हुन्।

हुबर्टसँगको हारसँगै फेडेररको नवौं पटक विम्बल्डन जित्ने सपना सकिएको छ। ३९ वर्षीय फेडेरर ८ पटकको विम्बल्डन च्याम्पियन हुन्। २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा विम्बल्डन जितेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।