पोखरा । कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिए ।
संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच संस्थाका उपाध्यक्ष संगीता गौतम तिमल्सेना र लेखा समिति संयोजक प्रा.देवीलाल शर्माले कोषका सञ्चालकलाई १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष विष्णुमाया गुरुङ, स्वास्थ्य उपसमिति संयोजक तीर्थमाया गुरुङ, बजार प्रवद्र्धन उपसमिति संयोजक सोनी ढेवाजु, सदस्यहरू सावित्री खड्का, लक्ष्मी गुरुङ, सागर गौतम लगायतको उपस्थिति थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







