पोखराकी सरस्वती बस्ताकोटी उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषित भएकी छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले सरस्वतीलाई उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषणा गरेको हो ।
सरस्वतीले कास्कीको पोखरामा नेपाल लाइभस्टक एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालन गर्दै आएकी छन् ।
उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषित उनलाई नगद २० हजार र ताम्रपत्रले पुरस्कृत गरिएको छ ।
पुरस्कृत सरस्वतीलाई गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी सचिव सवनम शर्मा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक मनबहादुर पुनले पुरस्कृत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







