साङ्केतिक तस्विर
गण्डकी प्रदेशको बजेट बुधबार पारित भएको छ । बिपक्षी एमालेको अवरोधका बाबजुद मार्सल लगाएर बुधबार बजेट पारित गरिएको हो ।
बजेट माथिको छलफल शुरु भएलगत्तैदेखि प्रतिपक्षी दल एमालेले बजेट परिमार्जन गर्नुपर्ने, असारमा गरिएको रकमान्तरको फेहरिस्त दिनुपर्नेलगायतका १० बुँदे माग राख्दै प्रदेश सभामा लगातार अवरोध गर्दै आएको थियो । विशेष गरेर बजेटमा आफ्नो सरकारले ल्याएका राम्रा योजनाहरु कायम राख्नुपर्ने एमालेको माग थियो । तर सत्ता पक्षले उक्त माग सम्बोधन नगर्ने स्पष्ट पार्दै बरु पेलेर जाने संकेत गरेपछि एमालेले निरन्तर अवरोध गर्दै आएको थियो ।
तर आज भने सत्ता पक्षले पेलेर बजेट पारित ग¥यो । एमाले सांसदको विरोध र तोडफोडका बाबजुद बजेट पारित गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







