गैर आवासीय नेपाली संघ (एनआरएनए) मड्रिड (स्पेन) महिला समितिले बाढी प्रभावित सिन्धुपाल्चोकको हेलम्बुबासीलाई राहत प्रदान गरिएको छ । अन्र्तराष्ट्रिय उसु खेलाडी तथा एनआरएनए मड्रिडकी संयोजक झरना गुरुङको नेतृत्वमा अर्थ संकलन गरी सिन्धुपाल्चोकको हेलम्बु भन्दा ११ किलोमिटर माथि रहेको ग्यालथुम, क्युल बासी बाढी पीडितलाई राहत सामग्री प्रदान गरिएको हो ।
बाढी पीडित ग्यालथुम, क्युल बासीलाई आवश्यक पर्ने ब्ल्याङ्केट १० थान, त्रिपाल १० थान, गर्भवती महिला तथा बृद्धबृद्धाका लागि टेन्ट, वाटरप्रुफ सोलार लाइट ५ थान, इनर्जी दिने बिस्कुट ३६ प्याकेट, डेन्टल सप, जीवनजल, पारासिटामोल, कोलगेट, टुथब्रस, बकेट १५ थान र ४० थान एन–९५ मास्क राहत स्वरुप वितरण गरिएको आठौं दक्षिण एसियाली खेलकुद (साग)की रजत पदक बिजेतासमेत रहेकी एनआरएनए मड्रिडकी संयोजक झरना गुरुङले एभरेस्ट आवाजलाई जानकारी दिइन् ।
स्पेनको मड्रिडबाट पठाइएको उक्त सामग्री नेपालमा रहेका उसु खेलाडीहरुको सहयोगमा वितरण गरिएको झरनाले बताइन् । उनले आगामी दिनमा पनि नेपालमा विपत्तिमा परेका तथा खेलाडीहरुलाई सहयोग जारी राख्ने बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







