पोखरा । पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारीको सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ ।
सोमबार सहिद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा ३१ले आयोजना गरेको एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइराला (रुपक)ले स्मृति गेटको उद्घाटन गरे ।
गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले देशमा भएका महत्वपूर्ण राजनैतिक परिर्वतनहरु महान सहिदहरुको योगदानको कारण भएको बताए ।
जनयुद्धमा सहिद भएका महान सहिदहरुलाई प्रचण्ड प्रधानमन्त्री हुदा सकारले राष्ट्रिय सहिद घोषणा गरेपनि राजपत्रमा प्रकाशित गर्न छुटेकोले कार्यान्वयन हुन नसकेको उनको भनाई थियो ।
सांसद कोइरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरर्गत आफुले पाँचलाख बजेट विनियोजन गरेर अहिले गेट र सहिद पार्कमा टष्ट निर्माण गरिएको बताए ।
कोइरालाले रुपमा पनि सहिद पार्क निर्माण भइरहेको जानकारी दिनु भयो । कोइरालाले सहिदको सम्मानको लागि आफ्नो ठाउँबाट सकेजति गर्ने प्रष्ट पारे ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी कास्की सचिव बखान सिंह तमु आभाषले इन्दिरा तिवारी संगको सहकार्यको स्मरण गरे । बखानले पार्टीकामको शिलशिलामै हिड्दै गर्दा रहदा स्याङ्जाको आधिघाट कुवाकोटमा सेनाले नियन्त्रणमा लिएर २०५९ साउन ४ गते इन्दिरा र लक्ष्मी गुरुङको हत्या गरेको र अन्य तिनजना सेनाको घेरा तोडेर भाग्न सफल भएको बताए ।
माओवादी केन्द्रका प्रदेश नेता एवं संविधान सभासदस्य तेज कुमारी पौडेल (शितल )ले देशको आमुल परिर्वतनको लागि लडेर सहिद भएकाहरुपनि पार्टीका सहिदको रुपमा हेरिदा दुःख लाग्ने गरेको बताए ।
माओवादी नेतृ निर्मला क्रान्ति, नेकपा एमाले वडानं ३१का वडाध्यक्ष गणेश थापा ,एमाले नेता गोकर्ण तिवारी, स्थानीय रुद्ध अधिकारीले सहिदहरुले देखेको सपना पुरा गर्ने बाटोमा सवैलाग्नु पर्नेमा जोड दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







