तस्बीरः एजेन्सी
चीनका राष्ट्रपति सी चिनफिङले गत बुधबार र बिहिबार स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन्।
राष्ट्रपतिको हैसियतमा चिनफिङको यो पहिलो तिब्बत भ्रमण हो। चिनफिङले पछिल्लो पटक सन् २०११ मा तिब्बत भ्रमण गरेका थिए। त्यसबखत उनी उप–राष्ट्रपति थिए।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति चिनफिङ बुधबार हवाइजहाजमार्फत न्यान्ची सहर पुगेका थिए। त्यहाँबाट रेलमा चिनफिङ तिब्बती राजधानी ल्हासा पुगे। सिचुवानबाट तिब्बतसम्म संचालन सो रेल अत्यन्तै ठूलो उचाई हुँदै गुड्ने गर्दछ।
ल्हासामा चिनफिङले पोताला दरबार सहित विभिन्न गुम्बाको भ्रमण गरेको बताइएको छ। पोताला दरबारलाई दलाई लामाको निवास मानिन्छ। जो हाल भारतमा निर्वासित जीवन बताइरहेका छन्। उनी बेइजिङको पृथकतावादी मानिन्छन्।
भारतसँग सीमा जोडिएको तिब्बतको भ्रमण गर्दा चिनफिङसँग जेनरल झाङ युसिया पनि थिए। झाङ चीनको केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष हुन्। चीनको समग्र सैन्य फौजको नेतृत्व गर्ने सो परिषदको अक्ष्यक्ष चिनफिङ आफैँ हुन्।
रणनीतिक महत्वको तिब्बत भ्रमणमा राष्ट्रपति चिनफिङ र जेनरल झाङसँगै रहनुलाई चासोका रुपमा हेरिएको छ। गत वर्ष (सन् २०२०) मा तिब्बतका विभिन्न भागमा चिनियाँ र भारतीय फौज आपसमा भिडेका थिए।
सन् १९५० देखि नै तिब्बत चीन मातहत छ। चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत आफैँ चीनमा समाहित भएको मान्दछ। पछिल्लो समय चीनले तिब्बतमा सैन्य उपस्थितीलाई थप मजबुत बनाउँदै लगेको छ।
सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा भएको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय…







