नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा भएको २ हप्ते पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम सम्पन्न भएको छ । दुई हप्तादेखि पोखरामा जारी पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम आईतबार समापन गरिएको हो । तालिममा प्रदेशका पशु प्राविधिकहरु सहभागि भएको नेल्टाका महासचिव सुरेश श्रेष्ठले जानकारी दिए ।
तालिममा सहभागिहरुलाई गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रमाण पत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले सिकेका कुरा व्यवहारमा उतारेर किसानलाई सेवा दिन आग्रह गरे । किसानलाई सफल बनाउन पशु प्राविधिकको महत्वपूर्ण भूमिका हुने उनको भनाई थियो । मन्त्री थापाले आफ्नो विभागीय मन्त्रालय अर्कै भएपनि कृषि तथा अर्थमन्त्रीसँग समन्वय गरेर कृषिमा आवश्यक बजेटका लागि पहल गर्ने आश्वासन दिए । साथै मन्त्री थापाले पशु पालनमै पर्ने कुकुर पालनतर्फ सर्वसाधारण आकर्षित भएपनि कुकुरलाई तालिम गराउने जनशक्ति नपाइने अवस्था रहेको भन्दै अब कुकुरलाई तालिम दिने जनशक्ति उत्पादनका लागि आवश्यक तालिमको व्यवस्थातर्फ लाग्न सुझाव दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







