पुम्दिकोटको विशाल महादेव मूर्ति अवलोकनमा रोक


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा–२२ स्थित पुम्दिकोट विशाल महादेश मूर्ति दर्शनमा रोक लगाइएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको बेला मूर्ति दर्शनका लागि मानिसको अत्याधिक बढेपछि पोखरा महानगरपालिका वडा २२ कार्यालयले सूचना जारी गरी रोक लगाएको हो ।

वडाध्यक्ष मित्रलाल बरालले शुक्रबार सूचना जारी गर्दै कोरोना महामारी बढिरहेको भन्दै सबैलाई सुरक्षित हुन र अर्को सूचना नभएसम्म मूर्ति दर्शन बन्द गरिएको जनाएका छन् ।

साउन सोमबारको बेलामा महादेवको पूजाआजा गर्ने भन्दै दर्शनार्थीको अत्यधिक भिड हुने गरेको छ ।

फेवातालको दक्षिणतर्फ पुम्दीभुम्दीमा रहेको यो मूर्ति निर्माणको सम्पूर्ण कार्य असोजसम्म पूरा गर्ने लक्ष्य रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।