पोखरामा टिभिएस एनटर्क आरटिएफआइ बिक्री शुरु


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशको राजधानी शहर पोखरामा टिभिएस कम्पनीको लोकप्रिय स्कुटर एनटर्क आरटिएफआइ मोडलको आज बिक्री शुभारम्भ गरिएको छ । टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता बतास ब्रदर्श प्रालिले प्रदेशका सबै जिल्लामा सो मोडलका स्कुटर बिक्री शुरु घोषणा गरेको हो । जुन स्कुटरको मुल्य रु दुई लाख ७७ हजार ९०० रहेको छ ।

सो स्कुटरको नेपाली फिल्म क्षेत्रका सुपरस्टार एवं टिभिएसका ब्रान्ड एम्वेसेडर प्रदीप खड्का र स्वस्तिमा खड्काले अनावरण गरे ।


सो अवसरमा ब्राण्ड एम्वेसेडरद्वयले नेपाली बजारमा टिभिएसको एन्र्टक मोडलले सबैको मन जितेको बताए । ग्राहकले एन्र्टक स्कुटर रोजाईमा परेसँगै आफूहरुलाई समेत सो स्कुटरको प्रवद्र्धन गर्न पाउँदा खुशी लागेको खड्काले बताए ।

कार्यक्रममा बतास ब्रदर्शका उपमहाप्रवन्धक राजेश रानाभाटले एनटर्क स्कुटर यस क्षेत्रमा विगतदेखीनै लोकप्रिय रहेको बताउँदै आरटिएफआइले पनि छुट्टै अनुभव प्रदान गर्ने र ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे । उनले भने,“हामी पोखरा र यस क्षेत्रहरुमा ग्राहकहरुका लागि टिभिएस एनटर्क १२५ सिसिको नयाँ अनुभव प्रदान गर्न प्रतिवद्ध छौँ ।”

जगदम्वा मोटर्सका बजार प्रमुख विक्रम पौडेलले स्कुटरले स्मार्ट कनेक्टलाई प्रस्तुत गर्ने बताए । डिजिटिल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इनबिल्ट ल्यापटाइमर, फोन ब्याट्री, लोकेशन एसिस्ट, सर्भिस रिमाइन्टर लगायतका सुविधा स्कुटरमा रहेको पौडेलले बताए ।
बतास व्रदर्श टिभिएस युनिटका बिक्री प्रवन्धक सन्तोष पोखरेलले स्कुटरको बिक्री शुभारम्भसँगै एनटर्क १२५ पाँच भेरियन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन(विएसभिआइएफआइ) र सुपरस्क्वाडमा उपलव्ध रहेको जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।