बन्दुक उत्पादक अमेरिकी कम्पनी विरुद्ध मुद्दा, रक्तपातलाई सहयोग गरेको मेक्सिकोको आरोप


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

मेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ।

लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको छ।

मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ। मेक्सिकोले जति दाबी गरेपनि क्षतिपूर्ति वा जरिवाना कति हुने भन्ने अदालतले निर्धारण गर्ने छ।

आफ्नो व्यापारिक हितका लागि रक्तपातलाई बढावा दिने खालका नीति अख्तियार गरेको आरोप लगाइएका कम्पनीहरुले अहिलेसम्म टिप्पणी गरेका छैनन्। स्मीथ एण्ड वेसन, बारेट फायरआम्र्ससहितका कम्पनीविरुद्ध मुद्दा दायर भएको हो।

मासाचुसेट्स राज्यको अदालतमा बुधबार मुद्दा दायर भएको हो। मेक्सिकोका लागुऔषध तस्कर समूहसहित अरु आपराधिक समूहलाई गैरकानूनी रुपमा तस्करीमाफर्त बन्दुक उपलब्ध गराउने गरेको आरोप छ। तस्करीमा कम्पनीहरुको सहयोग रहेको आरोप मेक्सिकोको छ।

आफ्ना उत्पादनहरु तस्करी भएर आपराधिक समूहसम्म पुगेको जानकारी भएर पनि कम्पनीहरुले त्यसलाई रोक्न कुनै प्रयास नगरेको दायर मुद्दामा आरोप छ।

मेक्सिकोमा तस्करी हुने बन्दुकमध्ये ७० प्रतिशत अमेरिकाबाट हुने सरकारको भनाई रहेको समाचार संस्थाहरुले जनाएको छ।

एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।