बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको समाचारहरुमा बताइएको छ।

त्यहाँ २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ३८ जनाको ज्यान गएको समाचारहरुमा जनाइएको छ।

यो मृत्यु गएको ५ महिनापछिको नै सबैभन्दा बढी हो। यसअघि गएको मार्च १७ पछि त्यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो।

त्यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ। त्यहाँ अहिलेसम्म एक लाख २९ हजार ८ सय ८१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

पछिल्ला केही हप्तामा फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएको छ। यसबाट संक्रमणमा पनि वृद्धि भएको स्वास्थ्य अधिकारीले बताएका छन्।

त्यसैगरी, गएको २४ घन्टामा २१ हजार ६ सय ९१ जना संक्रमित भएका छन्। यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो। यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएको समाचारहरुमा जनाइएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।