अफगानिस्तानमा सरकारको मिडिया प्रमुखको हत्या


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अफगानिस्तानमा सरकारको मिडिया प्रमुखको हत्या गरिएको छ।

अफगान सरकारको सूचना तथा मिडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो।

समाचारहरुका अनुसार तालिबान लडाकूहरुले शुक्रबार मिनापालको हत्या गरेका हुन्।अफगानिस्तानका गृह मन्त्रालयका प्रवक्ता मिरवाइज स्तेनकजईका अनुसार अज्ञात बन्दूकधारीले शुक्रबार दिउँसो नमाज पढिरहेका समयमा मिनानपालको हत्या गरेको समाचारमा उल्ल्ेख छ।

मिनापाल यसअघि अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपतिको प्रवक्ताका रुपमा काम गरिसकेका थिए। हत्याको जिम्मेवारी तालिबानले लिएको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।