अवैध हतियार राखेको आरोपमा कास्कीको मादीका कोषबहादुर गुरुङ पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




अवैध हातहतियार राखेको आरोपमा कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ थापका २६ वर्षिय कोषबहादुर गुरुङ पक्राउ परेका छन् । अवैध हातहतियार राखेको भन्ने गोप्य सूचनाका आधारमा उनको घरमा खानतलासी गर्दा १६ बोरको दुई नाले भरुवा बन्दुकसहित गुरुङलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट भरुवा बन्दुकको अलावा ५ थान कार्टिज, बारुद अन्दाजी २ सय ग्राम र सिसाको छर्रा १६ वटा बरामद गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले विहीबार जारी गरेको सूचनामा जनाइएको छ ।

पक्राउ परेका गुरुङमाथि अनुसन्धान भइरहेको प्रहरीको बुलेटिनमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।