हाइटीमा शक्तिशाली भूकम्पः कम्तिमा ३ सय ४ को मृत्यु, १८ सयभन्दा धेरै घाइते


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

हाइटीमा शनिबार गएको ७ दशमलव २ म्याग्नेच्युडको भूकम्पका कारण कम्तिमा ३ सय ४ जनाको मृत्यु भएको छ।

विभिन्न संचारमाध्यमहरुले उल्लेख गरेको समाचार अनुसार भूकम्पमा परेर १८ सयभन्दा धेरैजना घाइते छन्।

शनिबार बिहान आएको भूकम्पले देशको पश्चिमी क्षेत्रमा धेरै क्षति गरेको थियो। त्यहाँ भवन, होटल, चर्चलगायत भग्नावशेषमा परिणत भएका छन्। प्रधानमन्त्री एरियल हेन्रीले त्यहाँ १ महिना लामो संकट घोषणा गरेका छन्। उनले त्यस भूकम्पका कारण ठूलो क्षति भएको बताएका छन्।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सेन्ट लुईस डु सुद शहरबाट झन्डै १२ किलोमिटर पर भूकम्पको केन्द्रबिन्दु छ। यसअघि सन् २०१० मा पनि हाइटीमा यस्तै शक्तिशाली भूकम्प गएको थियो।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।