पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन भदौ ५ गते शनिबार हुने भएको छ ।
चेम्बरको गत साउन १५ गतेको कार्य समितिको बैठकको निर्णय अनुसार अधिवेशन हुन लागेको हो । कोभिड–१९को संक्रमणको कारण भर्चुअल विधिबाट उद्घाटन सत्र गरिने चेम्बरले जनाएको छ ।
गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अधिवेशनबाट अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग, बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्ष महासचिव, २ सचिव कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ११ पदाधिकारी, पोखरा महानगरबाट १ हरेक पालिकाबाट १÷१ वडा इकाई १, प्रत्यक्ष निर्वाचनबाट १२, कर्पोरेट २, बस्तुगत ४ उद्योग २ गरी ३७ निर्वाचित हुने जानकारी दिए । चेम्बरको विधान अनुसार पछि ४जनालाई मनोनित गरिने छ ।
साधारण सभामा महासचिव उमराज बास्तोलाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर बस्नेतले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । साधारण सभाले कोभिड १९ले निजी क्षेत्रमा पारेको प्रभाव लगायत विशेष प्रस्ताव पारित गर्ने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







