अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ । अर्थ तथा विकास समितिले शुक्रबार अर्थमन्त्री रामजीप्रसाद बरालसँग छलफल गर्दै अघिल्ला वर्षहरुमा खर्च प्रतिशत कम देखिएकाले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले भने,‘पहिलो वर्ष भन्दा दोश्रो वर्ष खर्चको प्रतिशत केहि बढेको देखिन्छ, तर अझै सन्तोष मान्नुपर्ने अवस्था छैन, त्यसैले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न समिति निर्देशन दिन्छ ।’ उनले असारमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नसमेत निर्देशन दिए । ‘प्रायः खर्च अन्तिम चौमासिकमा गर्ने प्रवृत्ति छ, त्यसमापनि अधिकांश बजेट असारमा नै खर्च गर्ने गरिन्छ, यसले गर्दा कामको गुणस्तरपनि हुँदैन अनि खर्च पारदर्शीपनि हुँदैन, त्यसैले समयमै काम गर्ने वातावरण बनाउनुस् ।’
समितिले संस्थागत र नीतिगत रुपमा हुने भ्रष्टाचार अन्त्य गर्नपनि निर्देशन दिएको छ । ‘अरु भ्रष्टाचार कम हुँदै गएको छ, तर नीतिगत रुपमा र संस्थागत भ्रष्टाचारले गाँजेको छ, त्यस्तालाई कारबाही गर्ने स्थितिपनि बन्दैन, त्यसैले यसको अन्त्य गर्न समिति निर्देशन दिन्छ’–उनले भने । समितिले प्रदेशलाई आर्थिक रुपमा बलियो बनाउने योजना बनाउनपनि निर्देशन दिएको छ । समितिका सभापति कोइरालाले भने,‘प्रदेश आर्थिक रुपमा बलियो नभएको र गाडीलगायतका सुविधा लिँदा संघीयता महङ्गो भयो भन्ने आवाज आइरहेको छ, त्यसैले प्रदेशलाई आर्थिक रुपमा सबल बनाउन जरुरी छ, त्यसका लागि करको दायरा कसरी बढाउन सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन समिति सुझाव तथा निर्देशन दिन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







