मानवीय सेवा अभियानले सञ्चालन गरेको कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पोखराकी सावित्री घिमिरे सम्मानित भएकी छिन् । उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व कुलचन्द्र बास्तोलाको स्मृतिमा परिवारजनले स्थापना गरेको अक्षयकोषवाट यो बर्ष कौसी खेती मार्फत घिमिरेलाई नगद सहित सम्मानपत्र,दोसल्ला तथा मालाले सम्मान गरिएको हो ।मानवीय सेवा अभियानका अध्यक्ष अभियन्ता तथा पत्रकार सुष्मा पौडेलले सम्मान हस्तान्तरण गरेकी हुन् । हजुरबुबा कुलचन्द्र बास्तोलाले कृषि क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै स्थापना गरिएको कृषि सम्मानवाट कोसी खेती तथा जनजागरणमा योगदान पुर्याउने घिमिरेलाई सम्मान गरिएको बताइन ।
आमा नन्दकली बास्तोला तथा छोरा छोरीहरु लगायतको परिवारले बुवाले कृषि श्रेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान तथा सहयापेक्षीलाइ सहयोग कार्यक्रम मानवीय सेवा अभियान मार्फत सञ्चालन गरिएको बताए ।
साथै बार्षिक पुन्य तिथीमा मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम समेत आयोजना गरिएको छ ।
सम्मानित व्यक्तिको तर्फबाट बोल्दै सावित्री धिमीरेले घरमै आएर आफुले गरेको मेहनतको सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । साथै आगामी दिनमा समेत सकृय भएर लाग्ने उत्प्रेरणा मिलेको बताइन । उनले सम्मान मार्फत पाएको रकम बरावर थप गरि मानवीय सेवा अभियानलाइ नै हस्तान्तरण गरेकी छिन ।
त्यस्तै दिपकराज घिमिरेले आफ्नो जिवनसाथीलाइ सम्मान गरेकोमा खुसी व्यक्त गर्दै कौसी खेतीले अर्गानिक तरकारी खान पाइने तथा शारीरिक व्यायाम समेत हुने बताए ।
कार्यक्रममा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष श्याम श्रेष्ठ, नागबेली आमा समुहका संस्थाप अध्यक्ष गिता पौडेल लगायतले बोलेका थिए । अभियानका उपाध्यक्ष मेघमान श्रेष्ठले अभियानले गरेका गतिविधि बारे जानकारी तथा कार्यक्रम संयोजक पिडी सिग्देलले सामाजिक ब्यक्तित्व कुलचन्द बास्तोलाले समाजमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रममा अभियानका सदस्य दिपा पौडेल लक्ष्मी थापा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन महासचिव सावित्री शर्माले गरेकी थिइन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







