पोखरा । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ वर्ष पुरा गरेका ८४ जना सदस्यबाट पेन्सन सुविधा वितरण शुरु गरेको छ ।
सोमवार संस्थाले पोखरामा आयोजना गरेको पेन्सन सुविधा वितरण शुभारम्भ समरोहवाट औपचारिक रुपमा पेन्सन सुविधा वितरण गरेको हो ।
समारोहमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले पोखरा शाखाका सदस्य धनमायाँ पौडेल र सदस्य उमा परियारलाई जनही ७२ हजार र ३६ हजारको दरले पेन्सन सुविधा प्रदान गरी सेवाको शुभारम्भ गरेका हुन् ।
संस्थाले आज भन्दा १५ वर्ष पहिले महिलाहरुको भविष्य सुनिश्चित गर्दै वुढेसकालको साहाराको रुपमा पेन्सन वचत शुरुवात गरेको थियो । पेन्सन वचत योजना अन्र्तगत मासिक दुई सयको दरले १५ वर्ष वचत गरेमा सदस्यलाई मासिक एक हजार र मासिक एक सयको दरले वचत गरेमा मासिक पाँच सयको दरले पेन्सन सुविधा पाउने व्यवस्था गरेको थियो ।
१५ वर्ष अवधी पुरा गरेका सदस्यले एकमुष्ठ पेन्सन लिएमा ३६ महिना वरावरको पेन्सन सुविधा एकमुष्ठ प्रदान गर्ने संस्थाको नियम रहेको छ । मासिक पेन्सन वुझ्ने कि एकमुष्ठ पेन्सन वचत वुझिलिने विकल्प रोज्ने अधिकार सदस्यमा रहेको छ । संस्थाका हाल ५६ वटा पेन्सन वितरण केन्द्र रहेकोमा कास्की जिल्लामा ६ र पर्वत जिल्लामा ७ वटा रहेका छन् ।
संस्थाले नेपाल नेपाल राष्ट्र बैंकवाट राष्ट्रिय स्तरमा घ वर्गको वित्तीय कारोवार गर्ने अनुमती प्राप्त गरे पश्चात साविकको नेष्डो नेपालको सम्पूर्ण वित्तीय कारोवार तीन वर्ष पहिले नेष्डो समृद्ध वित्तीय संस्थामा हस्तान्तरण भई आएको थियो ।
कुल ५० करोड अधिकृत पुँजी रहेको २५ करोड ५० लाख जारी पूँजी रहेको छ । सो मध्ये संस्थापक शेयरधनिवाट १७ करोड २१ लाख २५ हजार चुक्ता भै सकेको छ । हाल संस्थाले आफ्नो जारी पुँजीको ३२ दशमलव ५ प्रतिशत शेयर वापत ८ करोड २८ लाख ७५ हजार संकलनको लागि सर्व साधारणमा शेयर जारी गर्ने प्रक्रियामा रहेको छ ।
शुभारभ्म कार्यक्रममा पेन्सन वचत शुरुवात गर्न योगदान गर्ने लघुवित्त विभागका प्रमुख विश्ववन्धु प्रसाई र तत्कालिन पोखरा शाखाका प्रवन्धक तेजेन्द्र लम्साललाई संस्थागत सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा वोल्दै सम्मानित व्यक्तित्व विश्ववन्धु प्रसाई, संस्थाका एचआर सल्लाहकार लक्ष्मी कुमारी मेधासी, पेन्सन सुविधा प्राप्त गर्ने सदस्य धनमायाँ पौडेल, सदस्य डिल्लीसरा शर्मा, संस्थाका आजीवन सदस्य पार्वती तिमिल्सिना लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षतामा सप्पन्न नेष्डो समृद्धको पेन्सन सुविधा शुभारम्भ समारोहमा सञ्चालक सावित्री खत्री क्षेत्रीले प्रतिज्ञा, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालले स्वागत एवम् एचआर अधिकृत इश्वरी प्रसाद शर्माले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







