बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरे, डेढ करोड क्षेति


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०७८ मा प्रकाशित




बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि आएको बाढीले नवलपरासी पूर्व (नवलपुर)को देवचुली नगरपालिका वडा नम्बर ११ कुनाघाटमा चन्द्रमाया क्षेत्रीले सञ्चालन गरेको उज्वल पोल्ट्री फार्म डुबाउँदा १२ हजार लेयर्स कुखुरा मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती कुखुरा मर्दा करीब १ करोड ३२ लाख रुपैयाँ बराबरको क्षेति पुगेको प्रदेश प्रहरीको वुलेटिनमा उल्लेख छ ।

घटनाको थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।