नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश संगठन कमिटीले योगदानमा आधारित सामाजिक सुरक्षायोजना अनिवार्य कार्यान्वयन गर्न माग गर्दैै पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएको छ ।

जिफन्टको देशव्यापी कार्यक्रम अन्तर्गत दुबै संघलाई ध्यानाकर्षण पत्र बुझाएको गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सके नेपालको श्रमशक्तिलाई स्वदेशमै रोक्न सकिने बताइन् । उनले योजनाले सरोकारवाला सबैलाई दुरगामी रुपमा सकारात्मक प्रभाव पार्ने दाबी गरिन् । नेपाल सरकार र रोजगारदाता योजना बनाउन अग्रसर भएको उल्लेख गर्दै उनले अहिले कार्यान्वयन गर्नमा आनाकानी गरेको बताइन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले जिफन्टको माग समय सापेक्ष भएकोले कार्यान्वयन गर्न पहल गर्ने बताए । रोजगारदाता र श्रमिक बिचको सुमधर सम्बन्धले उद्योग व्यवसायको प्रवद्र्धन हुने उल्लेख गर्दै उनले सामाजिक सुरक्षाकोषमा सरकारले समेत योगदान गर्नु पर्ने बताए ।
जिफन्ट गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्रीले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा सामाजिक सुरक्षा कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । कानुन स्वेच्छिक नभएको कारण रोजगारदाताले विनाशर्त सामाजिक सुरक्षा ऐन नियम कार्यान्वयन गर्नु पर्ने बताए । उनले जतिबढी सामाजिक सुरक्षा त्यति बढी श्रम लचकता हुने टिप्पणी गरे ।
लेखनाथ उद्योग वाणिज्य संघका भएको कार्यक्रममा अध्यक्ष वलराम ढकाल, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, कार्य समितिका सदस्य विक्रम कर्माचार्य लगायतलेसामाजिक सुरक्षा ऐनको कार्यन्वयन गर्ने प्रतिवद्धता जनाए । लागि समन्वय केन्द्रले पहल गर्ने जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







