पहिरोको सांकेतिक तस्बिर
बागलुङमा पहिरोले गोठ पुरिदा पशु चौपायाको क्षेति भएको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर भीरकटेरी बस्ने ३८ वर्षिय मनबहादुर नेपालीको गोठ पुरिदा ३ वटा बाख्रा मर्नुका साथै २ वटा बाख्रा, एक भैंसी र एउटा गोरु घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घरदेखि ५० मिटर पूर्वतर्फको गोठमा अन्दाजी एक सय मिटर माथिबाट आएको पहिरोले पुरेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







